काठमाडौंमा जमिनमुनिबाट ग्यास निस्कियो: स्थानीय त्रसित - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

काठमाडौंमा जमिनमुनिबाट ग्यास निस्कियो: स्थानीय त्रसित



काठमाडौं। काठमाण्डौंको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ। बुधबार कागेश्वरी मनहरा-९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो।

स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो। बुधबार दिउँसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन्। शुरुको ४ घण्टा तीव्र गतिमा सुख्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलो समेत निस्किएको छ।

ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरूमा पुगेपछि स्थानीय त्रसित बनेका छन्। ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्काल नै खबर गरिए पनि नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको स्थानीयले बताएका छन्। भूगर्भ विभागबाट प्रतिनिधिहरू आएकोमा कुनै प्रतिकृया नदिई आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको भनाइ छ।

बोरिङ खन्दा ग्यास निस्किएपछि दिउँसो आसपासको करीब १ किलोमिटर क्षेत्रमा धूलो फैलिएको थियो भने साँझमा निस्किन थालेको हिलो र ढुङ्गा नजिकका घरहरूमा झरेर फोहर बनाएको छ।