शशांक कोइरालाले गरे सभापतिमा उम्मेदवारी घोषणा
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बुधबार बिहान दाजु शेखर कोइरालालाई सभापतिमा समर्थन जनाउँदै पत्रकार सम्मेलन गर्न तयार रहेका शशांक एकाएक उक्त कार्यक्रम नराख्न भन्दै संखुवासभा पुगेका हुन् ।
संखुवासभाका पार्टी सभापति दीपक खड्काले उनलाई हेलीकप्टरमा संखुवासभा लगेका हुन् । दाजु शेखरलाई जिल्याएर संखुवासभा पुगेका शशांकले तुम्लिङटार विमानस्थलमा पत्रकारहरुसँग भने, ‘शेरबहादुर देउवालाई चुनौति दिने उम्मेदवार नै मै हुँ । म नै सभापति लड्ने हो ।’
उनले सभापति लड्ने घोषणा औपचारिक कार्यक्रम गरेर छिटै गरिने पनि बताए । हिजो मंगलबारमात्रै कोइराला परिवार एक रहेको सन्देश दिनको लागि शेखर कोइरालालाई सभापतिमा सघाउन शशांक राजी भएका थिए ।