८ जना एसपी एसएसपीमा बढुवा (नामसहित) - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

८ जना एसपी एसएसपीमा बढुवा (नामसहित)



काठमाडौं- नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिश गरिएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक तथा बढुवा समितिका सदस्य-सचिव विश्वराज पोखरेलका अनुसार सोमबार बसेको समितिको बैठकले उनीहरुको नाम सिफारिश गर्ने निर्णय गरेको हो।

सिफारिश हुनेमा एसपी बिकाशराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्विवेदी, राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टिकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल रहेका छन्।