कप्तान ज्ञानेन्द्रसहित चार खेलाडीलाई कारबाही गर्ने क्यानको तयारी - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

कप्तान ज्ञानेन्द्रसहित चार खेलाडीलाई कारबाही गर्ने क्यानको तयारी



काठमाडौं- नेपाल क्रिकेट संघ-क्यानले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गर्ने तयारी गरेको छ । क्यानले कारबाहीको तयारी स्वरूप कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार जना खेलाडीलाई स्पष्टीकरण सोधेको छ।

केन्द्रीय सम्झौताका लागि खेलाडीको वर्गीकरणको विषयलाई लिएर उनीहरुले मिडियासँग बोलेको भन्दै क्यानले स्पष्टीकरण सोधेको हो। राष्ट्रिय टोलीका सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि स्पष्टीकरण सोधिएको छ।

क्यानले गरेको खेलाडी वर्गीकरण चित्तबुझ्दो नरहेको भन्दै खेलाडीले गुनासो गरेका थिए। सोमपाललाई केन्द्रीय सम्झौताको ग्रेड बीमा राखिएको छ भने रोहित पौडेललाई समावेश नै गरिएको छैन।

क्यानको गत असोज २० र २१ गते सम्पन्न बोर्ड बैठकले वर्गीकरण स्वीकृत गरेको थियो। त्यसअघि क्यानले कोषाध्यक्ष राजुबाबु श्रेष्ठको स‌योजकत्वमा प्रशान्तविक्रम मल्ल, सन्जय सिंह र विनोद दास सदस्य रहने गरि समिति गठन गरेको थियो। समितिले वर्गीकरणका लागि मापदण्ड पनि तयार गरेको थियो।

कप्तान ज्ञानेन्द्रले खेलाडीको वर्गीकरण गर्दा समितिले आफुसँग छलफलसमेत नगरेको भन्दै गुनासो गरेका थिए। क्यानले १८ जना खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरी मासिक ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ भत्ता दिँदै आएको छ। असन्तुष्ट खेलाडीहरुले अझै सम्झौतामा हस्ताक्षर नगरेको बुझिएको छ।