प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिने - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिने



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल पदबाट राजीनामा नदिने संकेत गरेका छन् ।

उनले सोमबार एक विज्ञप्ति जारी गर्दै विग्रहको बाटो त्यागेर वार्तामा आउन कानुन व्यवसायी तथा न्यायाधीशलाई आग्रह गरेका छन् ।

“न्याय पालिकाले सधैँभरी विधिको बाटो मात्रै हिँड्नुपर्दछ भन्ने मान्यतालाई आत्मसात गरेको हुन्छ,” उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “पारस्परिक हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहीँबाट समाधानको सम्भावना खोज्न सकिन्छ । विधिको पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौँ भनी पुनः सबैमा हार्दिक आह्वान गर्दछु ।”

कानुन व्यवसायी भने करिब २० दिनदेखि उनको राजीनामा माग गर्दै आन्दोलनमा होमिएका छन् । प्रधानन्यायाधीश जबराले विज्ञप्तिमार्फत तत्काल राजीनामा नदिने संकेत गर्दै समस्याको हल गर्न संवादमा आउन आग्रह गरेका छन् ।

प्रधानन्यायाधीशकाे तर्फबाट जारी गरिएको विज्ञप्ति प्रवक्ता बाबुराम दाहालले पढेर सुनाएका थिए ।