कांग्रेसले बनायो महाधिवेशन समिति: कसले के पाए जिम्मा ?
काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समिति गठन गरेको छ ।
सभापति देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकले देउवाको संयोजकत्वमा केन्द्रीय समितिका सबै र संसदीय दलका पदाधिकारी तथा प्रदेश संसदीय दलका नेताहरू रहनेगरी महाधिवेशन आयोजक समिति गठन गरेको हो ।
बैठकले आर्थिक समितिको संयोजक संचार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीलाई तोकेको छ भने विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिको संयोजकमा सहमहामन्त्री डा. प्रकाशशरण महतलाई तोकेको छ ।
यस्तै, पार्टीको प्रचार विभाग समितिका प्रमुखसमेत रहको प्रवक्ता विश्वप्रकाशशर्मालाई महाधिवेशन प्रचार–प्रसार समितिको संयोजक तोकेको छ । बैठकले महाधिवेशनका प्रतिनिधि तथा पाहुनाहका लागि आवास तथा भोजन व्यवस्थापन समिति संयोजकमा केन्द्रीय सस्दस्य सुरेन्द्र पाण्डेलाई तोकेको छ ।
यस्तै, महाधिवेशनको मञ्च व्यवस्थापन तथा स्थानीय आयोजकको संयोजक काठमाडौं जिल्ला सभापति रहने र ललितपुर र भक्तपुरका सभापतिहरू सदस्य रहने समितिसमेत बनाएको छ ।