माओवादीसँग पार्टी एकता गर्न विप्लवले राखे यस्ता सर्त - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

माओवादीसँग पार्टी एकता गर्न विप्लवले राखे यस्ता सर्त



काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकता गर्न सर्त अगाडि सारेका छन् ।

विप्लवले माओवादीसँग एकता गर्न सकिने भन्दै सर्त अगाडि सारेका हुन् । त्यसका लागि माओवादीले जनाताका पक्षमा काम गर्नु पर्ने सर्त मान्नुपर्ने उनले बताए ।

धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनमा विप्लवले एकता सम्भव रहेको भन्दै अघि भने, ‘माओवादी केन्द्रसँग एकता सम्भव छ, हामी गर्ने नै हो तर त्यसका लागि जनताको पक्षमा काम गर्नुपर्छ । हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौं ।’

उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षणसमेत गराएका छन् ।

गठबन्धन सरकारसँग ती सर्तहरू पूरा गर्न आग्रह गरिररहेको उनले बताए । हालै सरकारले पेट्रोलियम पदार्थमा वृद्धि गरिको शुल्क पनि फिर्ता गर्न विप्लवको माग छ ।

शनिबार बिहान उनले कैलाली कारागारका कैदीबन्दीहरूसँग समेत भेटघाट गर्दै त्यहाँको अवस्थाका विषयमा जानकारी लिएका थिए ।