प्रचण्ड डिस्चार्ज हुँदै, स्वास्थ्य अवस्था सामान्य - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

प्रचण्ड डिस्चार्ज हुँदै, स्वास्थ्य अवस्था सामान्य



काठमाडौं- स्वास्थ्यमा समस्या देखिएपछि मेडी सिटी अस्पताल भर्ना भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज डिस्चार्ज हुने भएका छन् । पार्टीको कार्यक्रमले डोल्पा पुगेका प्रचण्ड त्यहान्बता फर्किएलगत्तै बिरामी परेका थिए ।

उच्च रक्तचापका कारण कार्यक्रम नै स्थगित गरेर घरमा आराम गरिरहेका प्रचण्डलाई शनिबार बान्ता भएपछि मेडीसिटी अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा सामान्य चेकजाँच भएको र अवस्था सामान्य भएको बताइएको छ । उनलाई एकदिन चिकित्सकको निगरानीमा राखिएको थियो।

डोल्पालगायत विभिन्न जिल्लाको भ्रमण गरेका दाहाललाई काठमाडौं फर्केपछि धपेडिका कारण स्वास्थ्यमा समस्या देखिएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्ड पुत्री गंगा दाहालले केही घण्टाको आरामपछि उनलाई आज डिस्चार्ज गरिने बताएकी छन्।