संक्रमितभन्दा निको हुने दोब्बर - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

संक्रमितभन्दा निको हुने दोब्बर



काठमाडौं- नेपालमा थप २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जनसंख्या मन्त्रालयका अनुसार शनिबार २९५ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ८ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

५ हजार २२५ जनाको पिसिआर परीक्षण र ३०१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ७ हजार २७८ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ।

४७८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।

त्यस्तै, काठमाडौं उपत्यकामा ११८ थपिएका छन्। जसमध्ये काठमाडौंमा ७९, ललितपुरमा ३३ र भक्तपुरमा ६ संक्रमित छन्।