प्रचण्ड जाने कार्यक्रम एकाएक स्थगित - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

प्रचण्ड जाने कार्यक्रम एकाएक स्थगित



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ।

प्रचण्डको आज महोत्तरी जाने कार्यक्रम रहेको थियो। उनी स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको निगरानीमा घरमै आराम गरिरहेका छन्।

शनिबार रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्डको सहभागी हुने कार्यतालिका रहेको थियो। प्रचण्ड नआउने भएपछि केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जको निर्देशनअनुसार कार्यक्रम स्थगित गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजु खडकाले बताएका छन्।