बारले संयुक्त राष्ट्रसंघमा चोलेन्द्रका कर्तुतहरू सार्वजनिक गर्ने
काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनका वकिलहरूले अदालतको मूल गेट कब्जा गरेका छन् ।
बारको आह्वानमा आज गरिएको आन्दोलनका क्रममा वकिलहरूले जबरालाई अदालत छिर्न नदिने रणनीति बनाएका थिए ।
यसैक्रममा भएको झडपमा ५ जना वकिलसमेत प्रहरीको गिरफ्तारीमा परेका छन् ।
बारका पदाधिकारीहरूले जबराले राजीनामा नदिएको अवस्थामा संयुक्त राष्ट्रसंघमै पुगेर उनका कर्तुतहरू सार्वजनिक गरिदिने धम्कीसमेत दिएका छन् ।
‘यदि न्यायालयलाई प्रदुषित बनाउने प्रधानन्यायाधीश जबराले राजीनामा दिएनन् भने हामी संयुक्त राष्ट्रसंघमै पुगेर उनका कर्तुतहरू सार्वजनिक गरिदिन्छौं,’ बारका एक पदाधिकारीले भने ।