अर्को गेटबाट सर्वोच्च छिरे चोलेन्द्र, जिल परे आन्दोलनकारी
काठमाडौं- नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनका लागि भन्दै मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेटबाट प्रवेश गरेका छन् ।
जबरा विगतको दिनभन्दा केही ढिला गरी महान्यायाधिवक्ता कार्यालयतर्फको गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका हुन् । उनी अर्को गेटबाट सर्वोच्च छिरेपछि आन्दोलनकारी अधिवक्ताहरू जिल परेका छन्
जबरा १० बजेर ५२ मिनेटमा अदालत प्रवेश गरेका थिए । बारको विरोधलाई मध्यनजर राखेर सर्वोच्च अदालत प्रवेश गर्ने दुवै गेटमा कडा सुरक्षा व्यवस्था गरिएको थियो ।
बारबाट सर्वोच्च प्रवेश गर्ने गेट पनि बन्द गरिएको थियो ।