पार्टीको बैंक खातामा पैसा जम्मा गरिदिन कार्यकर्तालाई एमालेको अपिल - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

पार्टीको बैंक खातामा पैसा जम्मा गरिदिन कार्यकर्तालाई एमालेको अपिल



काठमाडौं- नेकपा एमालेले पार्टीको बैंक खातामा एक सय रूपैयाँ जम्मा गरिदिन अपिल गरेको छ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बुधबार बसेको महाधिवेशन मूल व्यवस्थापन कमिटी बैठकले महाधिवेशनका लागि कम्तीमा एक सय रूपैयाँ पार्टी खातामा जम्मा गर्न आग्रह गरेको हो।

एमालेले राष्ट्रिय बाणिज्य बैंक टेकु शाखामा १७–००१००००११५९००१ नम्बरको खातामा रकम जम्मा गर्न आफ्ना सदस्यहरूलाई अपिल गरेको छ।

पार्टीका सबै सदस्यहरुले महाधिवेशनको खर्चका लागि मोबाइलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।

एमालेले महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरेको थियो।

भट्टराईका अनुसार एमालेसँग हाल करिब ७ लाख ३० हजार पार्टी सदस्य छन्। उनीहरुबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठछ।

एमालेले मंसिर १० देखि १२ मा चितवनमा दसौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।