आक्रामक सदस्यता विस्तार गर्न नेकपा (एस)ले बोलायो बैठक - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

आक्रामक सदस्यता विस्तार गर्न नेकपा (एस)ले बोलायो बैठक



काठमाडौँ – आक्रामक सदस्यता विस्तार गर्ने योजनाका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा बोलाएको छ ।

देशैभर सङ्गठन विस्तारमा भइरहेको अवस्थाबारे समीक्षा हुने उक्त बैठकमा केन्द्रीय नेताको जिम्मेवारीअनुसार कार्यप्रगति, आगामी दिनमा पार्टीले सञ्चालन गर्ने राजनीतिक गतिविधि तथा अभियान, मुलुकको समसामयिक राजनीतिक अवस्थाकाबारे छलफल, वर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिने प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

ललितपुर, सानेपास्थित हेरिटेज गार्डेनमा २७ गते बिहान ११ बजे पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्नेछन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्दा गत पुस र जेठमा प्रतिनिधिसभा विघटन गरेपछि वैचारिक रुपमा असहमति राखेर सो पार्टीबाट विद्रोह गरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको हो ।