पाकिस्तानको रहरलाग्दो खेल, सबै खेल जित्दै सेमिफाइनलमा - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

पाकिस्तानको रहरलाग्दो खेल, सबै खेल जित्दै सेमिफाइनलमा



काठमाडौं- पाकिस्तान आईसीसी विश्वकपअन्तर्गत सुपर १२ को समूह चरणको खेलमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार भएको खेलमा स्कटल्याण्डमाथि ७२ रनको जित हात पार्दै पाकिस्तानले आफ्नो अपराजित यात्रा कायम राखेको हो। पाकिस्तानले यसअघि नै आफ्नो सेमिफाइनलको यात्रा तय गरिसकेको थियो। आइतबारको खेलमा जित हात पार्दै पाकिस्तान समूह विजेता बनेको हो।

आइतबार भएको खेलमा पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रन बनायो। पाकिस्तानका लागि कप्तान बाबर आजम र सोएब मलिकले अर्धशतकीय पाली खेलेका थिए।

जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ११७ रन मात्र बनाउन सक्यो। स्कटल्याण्डका लागि रिचि बेरिङटनले अविजित ५४ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन्।

यससँगै अब बिहीबार पाकिस्तानले सेमिफाइनलको खेलमा अष्ट्रेलियाको सामना गर्नेछ।