उपसभापतिमा गच्छदारको इन्ट्री - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

उपसभापतिमा गच्छदारको इन्ट्री



कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आसन्न १४ औं महाअधिवेशनमा पनि उपसभापति पदकै दाबी गर्ने बताएका छन्।

नेपाल प्रेस युनियन मोरङले बुधबार दिपावली, नेपाल संवत, छठलगायतका चाडपर्वका अवसरमा विराटनगरमा आयोजित शुभकामना आदान—प्रदान कार्यक्रममा गच्छदारले आसन्न अधिवेशनमा पार्टी उपसभापतिमै दाबी गर्ने बताएका हुन्।

गच्छदारले कुनै ग्रुप वा गुटबाट नभई सिंगो कांग्रेसको उपसभापति बन्ने आफ्नो सोच रहेको धारणा राखे। ‘आगामी अधिवेशनमा पनि उपसभापतिमै दाबी गर्छु’, उनले भने, ‘कुनै गुट, उपगुटबाट नभई सिंगो पार्टीकै तर्फबाट सर्वसम्मत रुपमा उपसभापति बन्ने सोच छ।’

गच्छदारले पार्टीलाई सुदृढ र एकिकृत पार्टीका रुपमा स्थापित गर्ने आफ्नो अभियान जारी राख्ने बताए। उनले विगतमा आफूले नेतृत्व गरेको सिंगो पार्टी नेपाली कांग्रेसमा विलय गरेर आएका कार्यकर्तामाथि पार्टी नेतृत्वले उचित ध्यान नदिएको गुनासो गरे। गच्छदारले संविधान संसोधन गरेर भएपनि संविधानप्रति असन्तुष्ट नागरिकहरूका माग सम्बोधन गर्नुपर्ने बताए।