काठमाडौंमा रातिमा भैलो खेल्न प्रतिबन्ध - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

काठमाडौंमा रातिमा भैलो खेल्न प्रतिबन्ध



काठमाडौं- काठमाडौं जिल्लामा राति ९:०० बजेपछि देउसी-भैलो खेल्न प्रतिबन्ध्हित गरिएको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले ९:००सम्म मात्रै देउसी–भैलो खेल्न पाइने ब्यबस्था गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक विज्ञप्ति जारी गर्दै सभ्य एवं शान्तिपूर्ण रूपमा राति ९ बजेसम्म देउसी–भैलो खेल्न पाइने जनाएको हो ।

प्रशासनले कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्न सूचना जारी गरेको हो ।

पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशील पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत प्रशासनले निर्देशन दिएको छ ।