रेणुले भनिन्: प्रचण्डले ओलीलाई भोट नमागेको भए प्रकाशको ज्यान जोगिन्थ्यो
काठमाडौं- भरतपुर नगरपालिकाकी प्रमुख रेणु दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीकै सहयोगमा दुईपटक प्रधानमन्त्री बनेको दाबी गरेकी छन् ।
सोमबार एमाले अध्यक्ष ओलीले आफुले प्रचण्डका लागि दुईपटक मत माग्न आएर गल्ति गरेको र रेणु दाहाल मत पत्र च्यातेर जितेको बताएपछि रेणुले माओवादीकै सहयोगमा दुई पटक मन्त्री बनेको बताएकी हुन् ।
उनले सामाजिक सञ्जालमार्फत ओलीको सत्ता माओवादीले साथ छाड्ने बित्तिकै गर्ल्याम गुर्लुम ढलेको बताएकी हुन् । उनले अब फेरि निर्वाचनमा जितेर देखाउन समेत चुनौति दिइन् ।
रेणुले ओलीकै क्षेत्रमा मत माग्न बिरामी आमा सीता दाहाललाई छोडेर प्रचण्ड झापा आएको बताइन् । त्यही समयमा प्रकाश दाहालको मृत्यु भएको भन्दै उनले त्यसबेला घरमा कोही भएको भए प्रकाशको ज्यान जोगिन सक्ने समेत बताएकी छिन् ।
यस्तो अवस्थामा प्रचण्डले ओलीको साथ नछोडेको भन्दै रेणुले अहिले आएर ओलीलाई धेरै ठूला कुरा गर्न र फुर्ति नलगाउन समेत भनेकी छिन् ।