सर्वोच्च अदालतमा आजका सबै सुनुवाई स्थगित - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

सर्वोच्च अदालतमा आजका सबै सुनुवाई स्थगित



काठमाडौं- सर्वोच्च अदालतमा आजका सबै सुनुवाई स्थगित भएका छन् । फुलकोर्टको बैठक बस्ने भएकोले आज सर्वोच्चमा कुनै पनि सुनुवाइ नहुने भएको छ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएकोले शोक प्रस्ताव पारित गर्न आज फुलकोर्ट बैठक बस्न लागेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग भइरहेको छ। सरकारमा भाग खोजेको भन्दै उनको राजीनामा माग भइरहेको हो।

साथै प्रधानन्यायाधीश राणा विवादमा मुछिएकोले १५ न्यायाधीशहरूले यसबारे थप छलफल गर्ने तयारी गरेका छन्। तर आज लम्सालको निधनमा शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बस्ने भएपछि न्यायाधीशहरूले थप छलफल गर्ने कि नगर्ने यकिन गरिसकेका छैनन्।