बार्सिलोनाका मूख्य प्रशिक्षक नै बर्खास्त - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

बार्सिलोनाका मूख्य प्रशिक्षक नै बर्खास्त



एजेन्सी- बार्सिलोना आफ्ना मूख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । स्पेनिस ला लिगामा बार्सिलोनाले यो सिजन १० खेलबाट मात्रै १५ अंक जोडेको छ ।

नियुक्त भएको १४ महिना मै रोनाल्ड बर्खास्त भएका हुन् । बार्सिलोनाले यो सिजन च्याम्पियन्स लिगमा समूह चरणका दुई खेलमा हार बेहोरी सकेको छ ।

ला लिगामा बुधबार रायो भोलेकानोसँग पराजित भएपछि बार्सिलोना तालिकाको नवौँ स्थानमा पुगेको छ र शीर्ष स्थानको टिम भन्दा ६ अंकले पछि रहेको छ ।

बार्सिलोना पछिल्ला चार खेलमा तीनमा पराजित भएको छ । गएको आइतबार एल क्लासिकोमा पनि बार्सिलोना पराजित भएको थियो ।

रायो भालेकानोसँग बार्सिलोना १–० ले पराजित भएपछि क्लबका अध्यक्षले प्रशिक्षक रोनाल्डलाई बर्खास्त गरिएको जानकारी गराएको वक्तव्यमा उल्लेख छ ।

रोनाल्डले बिहीबार टिमसँग बिदाइ माग्ने छन् । गएको सिजन उनको प्रशिक्षणमा बार्सिलोना ला लिगाको तेस्रो स्थानमा थियो ।