सिंहदरबारमा गोली चलाउने अंगरक्षकमाथि कारबाही - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

सिंहदरबारमा गोली चलाउने अंगरक्षकमाथि कारबाही



काठमाडौं- सिंहदरबारस्थित कार्यकक्षामै गोली चलेपछि राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीलाई सुरक्षा निर्देशनालयले कारबाही गरेको छ । सुरक्षा निर्देशनालयले उनलाई फिर्ता बोलाएको छ ।

दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल बुधबार सिंहदरबारस्थित कार्यकक्षामै पड्केपछि सुरक्षा निर्देशनालयले भारतीलाई फिर्ता बोलाएको हो । उनले चलाएको पेस्तोल पड्किएपनि गोली कोही कसैलाई पनि लागेको थिएन ।

के कसरी गोली पड्क्यो भन्ने बिषयमा खुलिसकेको छैन । तर, भारतीले पेस्तोल चलाइरहेका बेला एक्कासी गोली चलेको उपाध्यक्ष दाहाललको सचिवालयले जनाएको छ ।

नेपाल प्रहरीको सिंहदरबार सुरक्षा इकाइले के कसरी गोली चलेको भन्ने विषयमा सोधपुछ तथा अनुसन्धान गरिरहेको जनाइएको छ । भारती करिव तीन महिनाअघि दाहालको पीएसओ नियुक्त भएकी थिइन् ।