बागमतीको नयाँ मुख्यमन्त्री राजेन्द्र पाण्डे, ५९ जनाको समर्थन - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

बागमतीको नयाँ मुख्यमन्त्री राजेन्द्र पाण्डे, ५९ जनाको समर्थन



काठमाडौं- बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले दाबी पेश गरेका छन्।

बिहीबार अपरान्ह ३ बजेभित्र मुख्यमन्त्रीका लागि दावी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरेर आह्वान गरेको थियो ।

पाण्डेले आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा सांसदसहित ५९ जनाको हस्ताक्षर पेश गर्दै मुख्यमन्त्री पदमा दावी गरेका हुन्।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज नै राजीनामा दिएकी थिइन्। उनको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलबाट मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेको छन् ।