पाकिस्तानको दुई दाउ: भारतलाई पछार्ने, नयाँ इतिहास रच्ने - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

पाकिस्तानको दुई दाउ: भारतलाई पछार्ने, नयाँ इतिहास रच्ने



काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको इतिहासमा पाकिस्तान बलियो टोली हो । सन् २००९ मा टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितिसकेको पाकिस्तानले त्यसयता उपाधि जित्न सकेको छैन् । तर पनि प्रदर्शनका हिसाबले पाकिस्तान बलियो टोली हो ।

यद्यपि, पाकिस्तानले भारतविरुद्ध पनि विश्वकप क्रिकेटमा इतिहास बदल्न सकेको छैन । सन् २००७ को पहिलो संस्करणको फाइनल खेलमा पराजित भएको पाकिस्तानले विश्वकप क्रिकेटमा भातरलाई हराउन सकेको छैन ।

विश्वकप क्रिकेटको इतिहास हेर्दा पाकिस्तान भारतभन्दा कमजोर टिम हो । तर, समग्र इतिहास हेर्दा दुवै टोलीले बेग्लै छाप छोडेका छन् । भारत जति बलियोे छ, पाकिस्तान पनि त्यस्तै रूपमा प्रस्तुत भएको छ ।

यो संस्करणमा पाकिस्तान निकै राम्रो लयमा छ । पाकिस्तानले अघिल्लो सिजनभन्दा यो सिजन आफ्नो ब्याटिङ तथा बलिङ साइडलाई बलियो बनाएको छ ।

सन् २००९ पछि पाकिस्तानी टोलीले विश्वकप क्रिकेटको ट्रफी जित्न धेरै मिहिनेत गरिरहेको छ । भारतविरुद्ध खेलका लागि पाकिस्तानले एक दिनअघि नै आफ्नो अन्तिम–११ सार्वजनिक गरिसकेको छ ।

पाकिस्तानले टी–ट्वान्टी विश्वकपको इतिहासमा ३४ खेल खेलेको छ । जसमा १९ खेलमा जित निकालेको छ भने १४ खेलमा पराजित भएको छ । पाकिस्तानले एक खेल बराबरी खेलेको छ ।

टिमका मुख्य प्रशिक्षक मिसबह उल–हक र बकार युनिसले प्रतियोगिताको टिम घोषणा गरेको केही समयमा नै राजीनामा दिएका थिए ।

पाकिस्तानले सन् २०२१ मा भएका आफ्ना टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नौ खेलमा जित निकालेको छ भने मात्र पाँच खेलमा पराजित भएको छ । यसले गर्दा पाकिस्तान आजको खेलमा उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

पाकिस्तान र भारतबीचको खेल नेपाली समयानुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । दुई टोलीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

टी–ट्वान्टी विश्वकपमा भारतविरुद्ध पाकिस्तान
सेटेम्बर १४, २००७ – बराबरी, ‘भारत वान वाई बल आउट’
सेटेम्बर २४, २००७ (फाइनल) – भारत ५ रनले विजयी
सेटम्बर ३०, २०१२ – भारत ८ विकेटले विजयी
मार्च २१, २०१४ – भारत ७ विकेटले विजयी
मार्च १९, २०१६ – भारत ६ विकेटले विजयी