लेखराज भट्ट र प्रभु साह पनि ओलीसँगै पूर्वतिर
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली टोली लिएर आज गृह जिल्ला जाने भएका छन्। ओलीसहितको टोली तीन दिनका लागि पूर्वका जिल्लामा रहने बताएको छ ।
पार्टीका तीनजना शीर्ष नेतालाई लिएर अध्यक्ष ओली गृह जिल्ला जान लागेका हुन् । ओलीसहितको टोलीले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्नेछ।
नेकपा एमाले झापाका अनुसार ओलीसँगै स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभु साह पनि झापा जान लागेका हुन्।
सचिवालय सदस्य एवं ओलीका संसद प्रतिनिधि होमबहादुर थापाका अनुसार अध्यक्ष ओलीले आज विर्तामोडमा माओवादीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गराउँदै छन्।