अनियमितता काण्डमा फसिन् एआईजी सिंह - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

अनियमितता काण्डमा फसिन् एआईजी सिंह



काठमाडौं। कोभिडका लागि आएको स्वास्थ्य सामग्री र औषधिमा भ्रष्टाचार गरेको आरोपमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जकी प्रमुख एआईजी डा. आशा सिंहमाथि छानबिन शुरु भएको छ।

उनीमाथि स्वास्थ्य सामग्री र औषधीको बिल बनाएर पेश गरी रकम असुलेको आरोप छ। बिरामीको उपचारका लागि विभिन्न दाताले दिएको स्वास्थ्य सामग्री र औषधीको बील बनाएर पेश गरी रकम लिएको गुनासो आएपछि गृह मन्त्रालयले उनीमाथि छानबिन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

उक्त निर्देशनपछि प्रहरी प्रधान कार्यालय नक्सालले मानव स्रोत एवं प्रशासन विभागका प्रमुख एआईजी विश्वराज पोख्रेलको नेतृत्वमा ५ सदस्यीय छानविन समिति बनाएको छ।

समितिमा प्रहरी प्रधान कार्यालयका डीआईजी वसन्तकुमार लामा, एसएसपी भीम ढकाल, पुजा सिंह र डीएसपी ज्ञानेन्द्र बस्नेत छन्।

सिंह २०७६ माघमा एआईजीमा बढुवा भएकी थिइन्। एआईजी भएसँगै उनले अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारीसमेत पाएकी थिइन्।