उपविजेता बनेको नेपाल फिफा वरीयतामा खस्कियो - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

उपविजेता बनेको नेपाल फिफा वरीयतामा खस्कियो



काठमाडौं। नेपाल फिफाको वरीयतामा एक स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरीयतामा नेपाल एक स्थान झरेको हो।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १६९ औँ स्थानमा रहेको छ। यसअघि नेपाल १६८ औँ स्थानमा रहेको थियो।

साफको इतिहासमा पहिलोपटक फाइनल पुग्दै उपविजेता बनेको नेपाल फिफा वरीयतामा भने खस्केको हो। तर, नेपाल दक्षिण एशियाली राष्ट्रहरुको वरीयतामा भने तेस्रो स्थानमा रहेको छ।

दक्षिण एशियामा नेपालभन्दा अघि भारत र माल्दिभ्स मात्र रहेका छन्। भारत १०६ औँ स्थानमा रहँदा माल्दिभ्स १५६ औँ स्थानमा रहेको छ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ। ब्राजिल दोस्रो, फ्रान्स तेस्रो तथा इटाली चौथो र इंग्ल्यान्ड पाँचौ स्थानमा रहेका छन्।