बागमतीको मुख्यमन्त्रीमा नेकपा (एस) र कांग्रेसले गरे नयाँ सहमति - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

बागमतीको मुख्यमन्त्रीमा नेकपा (एस) र कांग्रेसले गरे नयाँ सहमति



काठमाडौं- बागमती प्रदेशको मुख्यमन्त्री को बन्ने भन्ने विषयमा देखिएको विवाद समाधान भएको छ । नयाँ मुख्यमन्त्री बनाउने विषयमा नयाँ सहमति भएको छ ।

कांग्रेस र एकीकृत समाजवादीले आधाआधा कार्यकाल चलाउने सहमति गरेका छन्। वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेको र उनी केही दिनमै पदमुक्त हुने भएकाले नयाँ मुख्यमन्त्रीको कार्यकालका सन्दर्भमा दुई दलबीच सहमति भएको हो।

यसअघि प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो। सोही सहमति बमोजिम गठबन्धनले सर्कुलर गरे पनि प्रदेशमा कांग्रेसले आफ्नो नेतृत्वको दाबी नछोडेपछि नयाँ सहमति भएको हो।

बागमतीमा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने छन्। उनी सो पार्टीका संसदीय दलका नेता हुन्। त्यस्तै, कांग्रेस संसदीय दलका नेता भने इन्द्र बानियाँ छन्। पाण्डेपछि कांग्रेसबाट मुख्यमन्त्री बन्ने अवस्थामा उनी नै बन्ने छन्।