रुपन्देहीमा बाढीले डाइभर्सन बगायो, राजमार्ग अवरुद्ध - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

रुपन्देहीमा बाढीले डाइभर्सन बगायो, राजमार्ग अवरुद्ध



बुटवल-अविरल वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा रूपन्देहीस्थित पुर्व–पश्चिम राजमार्ग खण्ड अवरुद्ध भएको छ।

देवदहस्थित घोडाहमा बनाएको डाइभर्सन सोमबार बाढीले बगाएको हो। आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ। यसअघि गत ११ भदौमा परेको वर्षापछि आएको बाढीले घोडाहाको पुल भाँसिएको थियो। पुल भाँसिएपछि डाइभर्सन बनाइएको थियो।

डाइभर्सन बगाएपछि फेरि यातायात अवरुद्ध भएको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले डाइभर्सन बगाएपछि बुटवलबाट पूर्व जाने सवारी साधन चल्न नसकेको बताए।

लुम्बिनी प्रदेशका अधिकांश स्थानमा आइतबारदेखि पानी परिरहेको छ। पानी परेपछि खेतमा धानसमेत डुबानमा परेको छ ।