मोहन वैद्यको स्वास्थ्यमा गम्भीर समस्या - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

मोहन वैद्यको स्वास्थ्यमा गम्भीर समस्या



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ गम्भीर बिरामी परेका छन् । लामो समयदेखि बिरामी उनको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

वैद्यलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।लामो समयदेखि निमोनियाबाट ग्रस्‍त वैद्यमा केही दिनयता दमको समस्या देखिएको थियो।

एक्कासी दम बढेपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। अहिले उनको उपचार जारी रहेको र अवस्था जटिल रहेको चिकित्सकले बताएका छन्।