एमाले युवा संघका उपाध्यक्ष बने नेकपा एसका जिल्ला इन्चार्ज - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

एमाले युवा संघका उपाध्यक्ष बने नेकपा एसका जिल्ला इन्चार्ज



सिमकोट – नेपाल कम्युनिष्ट पार्र्टी एकीकृत समाजवादी हुम्लाको जिल्ला इन्चार्जमा हस्तबहादुर शाही चयन भएका छन्। एकीकृत समाजवादीले शाहीलाई पार्टी केन्द्रीय सदस्यसँगै हुम्ला जिल्लाको इन्चार्ज चयन गरेको हो।

एकीकृत सुमाजवादी हुम्लाका जिल्ला सचिव कमल छत्यालले सहइन्चार्जमा पार्टीका जिल्ला अध्यक्ष शिवराज शर्मालाई चयन गरिएको जानकारी दिए।

दुई महत्वपूर्ण पदपूर्ति भएसँगै एकीकृत समाजवादीले जिल्लामा पूर्णता पाएको छ। सहइन्चार्ज शर्मा पनि एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन्। जिल्ला इन्चार्ज शाही यसअघि नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रीय सचिव र उपाध्यक्ष थिए।

त्यस्तै एमाले हुम्लाको सचिवालय सदस्यसमेत रहेका उनी माओवादी केन्द्र र एमाले मिल्दा सो पार्टीका प्रदेश कमिटी सदस्य थिए। जिल्ला इन्चार्ज चयन भएसँगै उनले जिम्मेवारी थपिएकोसँगै पार्टी संगठन निर्माणको अभियानमा लाग्ने बताए।