भीम रावलले उठाए प्रधानमन्त्री र प्रधानन्यायाधीशमाथि नैतिकताको प्रश्न - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

भीम रावलले उठाए प्रधानमन्त्री र प्रधानन्यायाधीशमाथि नैतिकताको प्रश्न



काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नैतिकतामाथि प्रश्न उठाएका छन् । उनले प्रधानमन्त्री र प्रधानन्यायाधीशले नैतिकता देखाउनुपर्ने बताएका छन् ।

व्यापक विरोधपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएको भन्दै रावलले अब उनलाई मन्त्री बनाउने प्रधानमन्त्री देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रधानन्यायाधीश राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न? भनी समाजिक सञ्जाल ट्वीटरमार्फत प्रश्न गरेका हुन् ।

निहित स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको उनको भनाइ छ ।

उनले ट्विटरमा लेखेका छन्, ‘व्यापक विरोध पछि मन्त्री गजेन्द्र हमालले त राजीनामा दिए अब निजलाई मन्त्री बनाउने प्रमं देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न? निहित स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएका छन् ।’