बुटवल अपडेट: गोली लागेका एकको मृत्यु - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

बुटवल अपडेट: गोली लागेका एकको मृत्यु



काठमाडौं– रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको छ। मोतिपुरमा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीका नाममा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा झडप भएको बताइएको छ । झडपमा स्थानीयलाई लक्षित गरेर सशस्त्र प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको हो।

झडपका क्रममा घाइते भएका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रदर्शनकारीले ढुंगा–मुडा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन केही राउण्ड फायर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन केसीले जानकारी दिए।

गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा अतिक्रमण बढेको भन्दै सरकारले अस्थायी रुपमा सशस्त्र प्रहरीलाई बसाउने निर्णय गरेको थियो। सरकारको निर्णयानुसार सशस्त्र प्रहरीले ठाउँ खाली गराउने क्रममा आइतबार जग्गामा बस्दै आएकाहरु विरोध प्रदर्शनमा उत्रिएका थिए।

सरकारले २०७२ सालमा बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो। उद्योगिक क्षेत्रको गत फागुनमा शिलान्यास समेत भएको थियो।