अब जनता सचेत नभए देश गम्भीर दुर्घटनामा जाँदैछ: रमेश खरेल - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

अब जनता सचेत नभए देश गम्भीर दुर्घटनामा जाँदैछ: रमेश खरेल



काठमाडौं । नयाँ दल दर्ता गरेर सक्रिय राजनीतिमा होमिने घोषणा गरेका नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल सुशासन अभियानको सुरुवात गरेका छन् ।

आइतबार काठमाडौंको शान्ति वाटिकामा पत्रकार सम्मेलन गर्दै खरेलले अभियानको घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै उनले दलहरूले नेपाललाई अफगानिस्तान, सुडानजस्तो बनाउन लागेको आरोप लगाए ।

दुईतिहाइ बहुमत दिएर दलहरूलाई जिताउँदा पनि देशमा परिवर्तन आउन नसकेको उनले बताए । जनता सचेत नभए देश गम्भीर दुर्घटनामा पर्ने उनले उल्लेख गरे ।

अहिलेको सरकारले एकजना नेपालीको टाउको ५७ हजार रुपैयाँ ऋण पु¥याएको भन्दै उनले विकास र विदेशीले दिएको पैसामा पनि कमिसनखोरी हावी भएको बताए ।

तीन करोड नेपालीले सहकार्य गरेर पाँच वर्षमा परिवर्तन ल्याउन सकिने उनको भनाइ छ । “यो देशमा मन्त्री बन्न पनि भागबन्डा लाग्नुपर्छ, तीन महिनासम्म मन्त्री दिन सरकार सक्दैन,” उनले भने, “हामी पाँच वर्षमा परिवर्तन गरेर देखाउँछौँ, हामी परिवर्तन चाहन्छौँ, अब परिवर्तन ल्याउँछौँ ।”