बालुवाटार पुगेर मन्त्री हमालले बुझाए राजीनामा
काठमाडौँ- विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् ।
उनले बिहानै राजीनामा दिने घोषणा गरेका थिए । उनको राजीनामा पत्र प्रधानमन्त्री देउवाले आजै स्वीकृत गर्ने बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएका छन् । सचिवालय स्रोतले भन्यो,’ उहाँले राजीनामा पत्र दिएर फर्कनु भएको छ । प्रधानमन्त्रीसमक्ष पुग्न बाँकी छ । ‘
मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका छन् ।
विवादमा आएपछि प्रधानमन्त्री शेरबहदुर देउवाले पनि हमाललाई राजीनामा दिन भनेका थिए ।