मन्त्री बनेको ७२ घण्टामै राजीनामा ! - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

मन्त्री बनेको ७२ घण्टामै राजीनामा !



काठमाडौँ – तीनअघि मात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले आज मन्त्री पदमा राजीनामा दिने भएका छन् । मन्त्री हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज राजीनामा दिने जानकारी गराइसकेको बालुवाटार स्रोतले जानकारी दियो ।

गैरसांसद हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सिफारिसमा मन्त्री बनेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । नाताले उनी राणाका जेठान हुन् ।

हमालले आफ्नो मन्त्रीमा नियुक्तिका विषयमा अनावस्यक विवाद उब्जाइएकोले मन्त्री पदमा बसेर आलोचना खेप्नु भन्दा राजीनामा दिनु नै उपयुक्त हुने निष्कर्ष निकालेर राजीनामा दिने तयारी गरेको आफू निकटस्थहरूलाई बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामा गण्डकी प्रदेश सरकारले आयोजना गरेको ‘गण्डकी प्रदेश साक्षर घोषणा’ कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम तय भएकाले कति बेला राजीनामा दिने भन्ने निश्चित भएको बालुवाटार स्रोतले जानकारी दियो ।

हमालले हिजो मात्रै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई भेटेर मन्त्री पदबाट राजीनामा दिने जानकारी गराएका थिए ।