गजेन्द्र हमालले मन्त्रीबाट राजीनामा दिँदै, आजै घोषणा गर्ने तयारी
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेका गैरसांसद गजेन्द्र हमालले राजीनामा दिने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन् ।
उनले बदनाम भएको भन्दै आजै राजीनामा दिने तयारी गरेको स्रोतले बताइएको छ । आफू निकटहरूलाई उनले आफूले राजीनामा दिने तयारी गरेको बताएका थिए । केहि परमर्शपछि उनले राजीनामा दिने निर्णय गरिने बताइएको छ ।
उनले निकटका केहि व्यक्तिलाई राखेर कांग्रेस र आफ्नो बदनामी गरिएको भन्दै राजीनामा दिन लागेको जानकारी गराएका थिए । ‘कांग्रेस र मेरो बदनामी भयो, म राजीनामा दिने तयारीमा छु, आजै दिन्छु ।’ हमालको भनाई उद्घृत गर्दै स्रोतले भन्यो ।