हिमाली जिल्लामा पनि देउवालाई ठुलो धक्का - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

हिमाली जिल्लामा पनि देउवालाई ठुलो धक्का



काठमाडौं- हिमाली जिल्लाहरूको प्रारम्भिक नतिजाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धक्का लागेको छ । हिमाली जिल्लाहरुमा पार्टीका जिल्ला अधिवेशन गर्दैछ। अहिलेसम्म १३ जिल्लाहरुमा अधिवेशन सम्पन्न भइसकेको छ।

सुदूरपश्चिमको बझाङको मत परिणाम सार्वजनिक भएसँगै १३ जिल्लाको अधिवेशन सम्पन्न भएको हो। बझाङमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार खडकबहादुर बोहरा निर्वाचित भएका छन्।

उनले संस्थापन पक्षकै उम्मेदवार रमेशबहादुर भण्डारीलाई दुई सय ६६ मतले पराजित गरेका छन्। बोहराले सात सय ३० मत ल्याउँदा भण्डारीले चार सय ६४ मत पाएका छन्।

योसँगै १३ हिमाली जिल्लाको मत परिणामअनुसार संस्थापन इतर समूहको अग्रह कायमै छ। जसमध्ये ७ जिल्लामा इतर समूह र ६ जिल्लामा संस्थापन पक्षका नेता सभापति बन्न सफल भएका छन्।

कांग्रेसले हिमाली क्षेत्रमा पर्ने २१ जिल्लामा दसैं अगाडि नै जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका बनाएको थियो। तालिकाअनुसार १७ हिमाली जिल्लामा अधिवेशन सुरु भएको थियो। १७ मध्ये १३ जिल्लाको चुनावी परिणाम आइसकेको छ।

हिमाली जिल्ला दार्चुला, सोलुखुम्बु, डोल्पा र रसुवामा जिल्ला अधिवेशन हुन बाँकी छ। दार्चुला र सोलुखुम्बुमा गाउँ–नगर अधिवेशन सम्पन्न भइसकेको छ।

वडा अधिवेशन नै सुरु नभएका १३ मध्ये डोल्पामा क्रियाशील सदस्यता विवाद टुंगिए पनि रसुवाको विवाद कायम छ। विवाद टुंग्याएर निर्वाचनको तयारी गरिए पनि निर्वाचन अधिकृत जान नमानेकाले डोल्पामा वडा अधिवेशन सुरु हुन सकेको छैन।

पौडेल समूहले जितेका जिल्ला

संखुवासभा – दीपक खड्का
गोरखा – नन्दप्रसाद न्यौपाने
मुस्ताङ – रोमी गौचन थकाली
दोलखा – बर्मा लामा
कालिकोट – अम्मबहादुर शाही
रुकुम पूर्व – केशरमान रोका
बाजुरा – रामसिंह रावल

देउवा समूहले जितेका जिल्ला

ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
मनाङ – शंकर गुरुङ
हुम्ला – मोहनविक्रम सिंह
रामेछाप – पूर्णबहादुर तामाङ (कान्छाराम)
मुगु – ऐनबहादुर शाही
बझाङ – खडकबहादुर बोहरा