छोराको काण्डपछि शाहरुखलाई विज्ञापनमा रोक - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

छोराको काण्डपछि शाहरुखलाई विज्ञापनमा रोक



एजेन्सी- लागुऔषध अभियोगमा छोरा आर्यन खान पक्राउ परेको असर अभिनेता शाहरुख खानको पेसामा पर्न थालेको छ।

लर्निङ एप BYJU’S (बाइजुस) ले बलिउड अभिनेता शाहरुखका सबै विज्ञापनमा रोक लगाएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार यति मात्र होइन, शाहरुखका प्रि–बुकिङ एड पनि रिलिज गरिरहेको छैन।

शाहरुख खानको प्रायोजन सम्झौतामा बाइजुस सबैभन्दा ठूलो ब्रान्ड थियो। यो ब्रान्ड इन्डोर्स गरेबापत शाहरुखले बर्सेनि ३ देखि ४ करोड रुपैयाँ (भारतीय) कमाउँथे। उनी सन् २०१७ देखि यो कम्पनीको ब्रान्ड एम्बेस्डर हुन्।

यसबाहेक उनीसँग आईसीआईसीआई बैंक, रिलायन्स जिओ, एलजी, दुबई टुरिजम्, हुन्डाईजस्ता झन्डै ४० कम्पनीका इन्डोर्समेन्ट छन्।

आर्यन पक्राउ परेपछि सामाजिक सञ्जालमा शाहरुखविरुद्ध ट्रोलिङ सुरु भएको थियो। मानिसले ती ब्रान्डसलाई पनि टारगेट गर्न थाले, जसको विज्ञापन शाहरुख गरिरहेका छन्।

सामाजिक सञ्जालमा मानिसले बाइजुसलाई सोधिरहेका थिए– शाहरुख खानलाई ब्रान्ड एम्बेस्डर बनाइराखेर कम्पनीले के सन्देश दिइरहेको हो? अभिनेता शाहरुख आफ्ना छोरालाई यो सब सिकाउँछन्?