श्रृंखला खतिवडाले भनिन्: बुवाको अपार ज्ञानले नेपालको स्वास्थ्य क्षेत्र कायापलट हुन्छ - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

श्रृंखला खतिवडाले भनिन्: बुवाको अपार ज्ञानले नेपालको स्वास्थ्य क्षेत्र कायापलट हुन्छ



काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाकी छोरी पूर्व मिसनेपाल श्रृंखला खतिवडाले बाबुको अपार ज्ञानले नेपालको स्वास्थ्य क्षेत्रमा कायापलट हुने बताएकी छन् ।

आफ्ना बुबा खतिवडा स्वाथ्यमन्त्री बनेपछि खतिवडाले सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै आफूलाई बाबुको कामले सधै डाहा लाग्ने गरेको बताएकी छन् । हाल अमेरिकामा रहेकी उनले सामाजिक सञ्जालमार्फत बुबालाई बधाई दिएकी हुन्।

कार्यकाल सफलताका लागि बुबालाई शुभकामना दिँदै उनले लेखेकी छन्, ‘तपाईंको छोरी हुन पाउँदा म आफूलाई सधैँ गर्व महसुस गर्छु। जनताको सेवाप्रति तपाईंको समर्पण देखेर म सधैँ अचम्म पर्थे। कहिल्यै ठूलो सपना देख्नु भएन, तर अरूका ठूला सपनाहरू पूरा गरिदिन तपाई खटिएको देख्दा म आफैलाई पनि कतिपटक डाहा लाग्थ्यो। प्यारो बुबा, मलाई आशा छ, अब तपाई झन् व्यस्त रहनुहुनेछ। तपाईको अपार ज्ञानले पक्कैको पनि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आउनेछ। उही तपाईकी प्यारी छोरी तथा शुभचिन्तक१’