मन्त्रिमण्डलमा महत्त्वपूर्ण नेताहरू छुटे: देउवा - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

मन्त्रिमण्डलमा महत्त्वपूर्ण नेताहरू छुटे: देउवा



काठमाडौँ- कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्दा महत्त्वपूर्ण नेताहरू छुटेका बताएका छन् ।

हिजोमात्र हामीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छौं,’स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित विश्वेश्वरप्रसाद कोइराला, शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा उनले भने आगामी दिनमा साथीहरूलाई समेटिनेछ ।’ प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए तर राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथिति संस्थागत हुने भय बढेको छ । प्रधानन्यायाधीश जबराका जेठान तथा गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर न्यायपालिका, संविधानवाद र लोकतन्त्रमाथि हमला गरिएको भन्दै पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले गम्भीर आपत्ति जनाएका छन् ।

स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरका अनुसार पुस्तकमा १०८ लेख संग्रहित छन् ।