देउवाले राजनीतिमा घृणित खेल प्रवेश गराए: भीम रावल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निकटका नेतालाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएकोमा आपत्ति जनाएका छन् ।
हिजो शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्दै प्रधानन्यायाधीश निकटका व्यक्ति गजेन्द्र हमाललाई मन्त्री बनाएकोमा उनले आपत्ति जनाएका हुन् ।
उनले देउवा र सत्ता गठबन्धनका नेताहरु गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक भएको आरोप लगाएका छन् ।
सामाजीक संजालमा उनले लेखेका छन्,’सर्वोच्च अदालतका प्रधान न्यायाधीशसंगको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको खवरले प्रमं देउवा र गठबन्धनका नेताहरूको गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक चरित्र र व्यवहार उदाङ्ग भएको छ।यसले नेपालको राजनीतिमा खतरनाक प्रवृत्ति र परम्परा एवम् घृणित खेललाई प्रवेश गराएको छ ।’