एकाबिहानै पाकिस्तानमा शक्तिशाली भूकम्प, ठुलो जनधनको क्षती - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

एकाबिहानै पाकिस्तानमा शक्तिशाली भूकम्प, ठुलो जनधनको क्षती



एजेन्सी । पाकिस्तानको बलुचिस्तान क्षेत्रमा एकाबिहानै शक्तिसाली भूकम्प गएको छ । बिहानै गएको भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको छ ।

आज एकाबिहानै गएकाले मृतक संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । क्वेटा शहरमा मानिसहरु भागाभाग गरेको दृष्य सामाजिक सञ्जालमा आएका छन् ।

प्रारम्भिक रिपोर्टमा ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको अनुमान गरिएको छ ।

क्वेटा शहरदेखि १७० किलोमिटर टाढा हरनाई भन्ने स्थानमा भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ । भूकम्पबाट भएको क्षति विस्तृत विवरण आउन बाँकी छ ।