अर्बौं घोटाला गर्ने इच्छाराजलाई अग्नि खरेलको संरक्षण, मासिक ५ लाख शुल्क - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

अर्बौं घोटाला गर्ने इच्छाराजलाई अग्नि खरेलको संरक्षण, मासिक ५ लाख शुल्क



काठमाडौं- अर्बौं घोटाला र ठगीमा पक्राउ परेका एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई पूर्व कानुन मन्त्री तथा यसअघि महान्यायधीवक्ताबाट राजिनामा दिएका एमाले नेता अग्नि खरेलले संरक्षण गरिरहेको खुलेको छ ।

तामाङलाई खरेलले कानुनी संरक्षण दिएको र सबै हिसावले संरक्षण गरेको खुलेको छ । सिभिल सेभिङ एण्ड को–अपरेटिभको अर्बौं रुपैयाँ हिनामिना तथा ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्व एमाले सांसद तामाङले अग्नि खरेललाई कानुनी सल्लाहाकार राखेको खुलेको छ ।

केपी ओलीको अत्यन्त निकट रहेका खरेलले पहुचको आधारमा तामाङलाई बचाउने गरेको समेत खलेको छ । राजनीतिक रुपमा केपी ओलीसँग नजिक रहेका तामाङले आफू ओलीको साढु भाई भएको बताउँदै आएका थिए । ओली सरकार हुँदासम्म तामाङले आफूलाई कसैले केहि गर्न नसक्ने भन्दै हिड्ने गरेको समेत पाइएको छ ।

कानुनी रूपमा संरक्षण गर्नका लागि तत्कालिन केपी ओली नेतृत्वको सरकारमा महान्यायाधीवक्ता समेत रहेका अग्नि खरेलले मासिक ५ लाख रुपैयाँ लगातार लिएको समेत अनुसन्धानबाट खुलेको छ।

उक्त रकम खरेलले तामाङलाई कानुनी संरक्षण गर्नकै लागि लिने गरेको समेत खुलेको छ। अझै रोचक त के छ भने खरेलले तामाङबाट होइन सिभिल सहकारीबाट नै मासिक ५ लाख रुपैयाँ लिने गरेका थिए । खरेलले केपी ओली नेतृत्वको सरकारमा महान्यायधिवक्ता सिभिल सहकारीबाट मासिक ५ लाख रुपैयाँ बुझ्दै आएको देखिएको बताइएको छ ।

महान्यायाधीवक्ता पदमा रहँदा पनि खरेल तामाङको कानुनी सल्लाहाकारको रुपमा शुल्क बुझिरहेको खुलेको छ । अनुसन्धान स्रोतका अनुसार खरेलको खातामा निरन्तर ५ वर्षसम्म मासिक ५ लाख रुपैयाँको दरले रकम गएको छ ।

सोमबार प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले सुन्धाराबाट ठगीमा समलग्न तामाङ र उनका मामा ससुरा केशवलाल श्रेष्ठसहित १ दर्जन अभियुक्तलाई पक्राउ गरेको थियो । पक्राउपछि मंगलबार सार्वजनिक प्रेस विज्ञप्ती अनुसार तामाङले सहकारीको अर्बौं रकम हिनामिना गरि विदेश समेत लुकाएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।