सर्वेन्द्र खनाल विरुद्ध मुद्दा दर्ता - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

सर्वेन्द्र खनाल विरुद्ध मुद्दा दर्ता



काठमाडौं- कुमार पौडेल हत्या प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध मुद्दा दर्ता भएको छ ।

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा सर्लाहीका नेता पौडेलको हत्या प्रकरणमा तत्कालिन गृहमन्त्री बादल र पूर्वआईजीपीविरुद्ध मुद्दा दर्ता भएको हो ।

बुधबार सरकारी वकिलको कार्यालय सर्लाहीले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बादल र खनालविरुद्ध जाहेरी दर्ता गरेको छ । सर्लाहीका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले मुद्दा दर्ता भएको पुष्टि गरे ।

२०७६ साल असारमा हत्या गरिएका पौडेलको गैरन्यायिक हत्यामा संलग्न भएको भन्दै उनकी आमा दुर्गादेवीले दिएको जाहेरीमा सर्लाही जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, तत्कालीन जिल्ला प्रहरी प्रमुख, एसपी गोपाल भट्टराई, तत्कालीन डीआईजी हरिबहादुर पाल, प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने, प्रहरी नायव निरीक्षक सूर्यकुमार कर्की र जिल्ला अस्पताल सर्लाही मलंगवामा तत्कालीन अवस्थामा कार्यरत डा. वीरेन्द्रकुमार मण्डललाई विपक्षी बनाइएको छ ।

गत असोज १२ मा सर्वोच्च अदालतले एक साताभित्र जाहेरी दर्ता गरेर त्यसको जानकारी आफूलाई दिन आदेश दिएको थियो ।