यसपटक माओवादीबाट नयाँलाई मौका - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

यसपटक माओवादीबाट नयाँलाई मौका



काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम टुङ्गो लगाएको छ। यसपटक माओवादीले नयाँ अनुहारलाई मौका दिएको छ। सधै पहुँचको आधारमा मन्त्री बनाउने भन्दै आलोचित बनेका प्रचण्डले यसअघि अवसर नपाएकाहरूलाई मौका दिएका छन्।

पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले पार्टीबाट सरकारमा सहभागी हुनेको नामको टुंगो लगाएको हो । पार्टीबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।

बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको भएपनि अन्यको मन्त्रालय टुंग्याउन बाँकी रहेको उनले बताए। माओवादीबाट सरकारमा यसअघि जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री नियुक्त भइसकेका छन्।

पौडेल बागलुङबाट निर्वाचित सांसद हुन्। शशी श्रेष्ठ अहिले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य छिन् भने बोधमाया माओवादी जनयुद्धमा मारिएका रामवृक्ष यादवकी छोरी हुन्।

माओवादीले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा ६ मन्त्रालय र १ राज्यमन्त्री पाउने सहमति बनेको छ। अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय माओवादीले पाउनेछ।