शाहरुखका छोराको बयान: मैले लागातर ड्रग्स सेवन गरेको छु - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

शाहरुखका छोराको बयान: मैले लागातर ड्रग्स सेवन गरेको छु



काठमाडौं- बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई मुम्बइदेखि गोवा जाँदै गरेको क्रुजमा भएको ड्रग्स पार्टीमा संलग्न रहेको भन्दै आइतबार प्रहरीले गिरफ्तार गरेको थियो।

आर्यनलाई ड्रग्सको मामलामा लगातार सोधपुछ भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबारको सोधपुछमा आर्यनले आफूले ड्रग्स सेवन गरेको स्विकारेका छन्।

प्रहरी कडाइका साथ प्रस्तुत भएपछि उनले रुँदै आफूले गएको ४ वर्षदेखि ड्रग्स सेवन गर्दै आएको कुरा स्विकारेको बताइएको हो।

साथै उनले भारत बाहिर बेलायत, युएईलगायत धेरै देशमा जाँदा पनि ड्रग्स सेवन गरेको स्विकारेको बताइएको छ। आर्यन र उनीसँगै गिरफ्तार अरबाज मर्चेन्ट १५ वर्षदेखि साथी रहेको पनि खुलेको छ।

यसअघि आर्यनले आफूमाथि लागेका सबै आरोप झूटो भएको भन्दै आएका थिए। उनले आफूलाई उक्त क्रुजमा पाहुनाका रुपमा बोलाइएको बताएका थिए।

एनसिबी (नार्कोटिक्स कन्ट्रोल ब्युरो)का अधिकारीले उक्त क्रुजमा ३३ ग्राम कोकिन, ५ ग्राम एमडी, २१ ग्राम चरेस, २५ गोली एमडिएमए र १ लाख ३३ हजार भारू बरामद गरेको थियो।