ओली सरकार हुँदा पनि मागेका थिए चोलेन्द्रले मन्त्री र राजदूत
काठमाडौँ- मन्त्रिपरिषद्मा भागबण्डा खोजेको भनेर विवादित बनेका प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले पहिले पनि मन्त्रिमण्डलमा हिस्सा खोजेको फेला परेको छ ।
हालको सत्तागठबन्धनको सरकारसँग मात्र नभएर ओली सरकार हुँदा पनि आफ्ना नातेदारलाई मन्त्री बनाउन निकै जोडबल गरेको खुलासा भएको हो । उनले अहिलेको मन्त्रिपरिषद्मा आफ्ना दुई जनालाई मन्त्री बनाउनुपर्ने भन्दै भाग खोजेको खबर बाहिरिएको थियो ।
स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले ओली सरकार हुँदा आफ्ना भिनाजु पर्ने धादिङको केपी सिमेन्टका मालिक केशवप्रसाद (केपी) उप्रेतीलाई मन्त्री बनाउन प्रस्ताव रोखेको बताइएको छ ।
आफ्नो सरकार हुँदा प्रतिनिधिसभा विघटन गरेका ओलीले २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यतीबेला जबराले मन्त्रीसहित दुई राजदूत पद पनि माग गरेको स्रोतले जनाएको छ ।
त्यस्तै‚ एमाले भित्रै जबराको उक्त प्रस्ताबको विरोध समेत गरिएको थियो । एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले जबराको उक्त प्रस्ताव कुनै पनि हालतमा पूरा नहुने अडान लिएका थिए ।
जबराले भने सरकारसँग मन्त्री माग गरेको कुराको खण्डण गर्दै आएका छन् । सोमबार सर्वोच्चले एक विप्ति जारी गर्दै मन्त्रीपरिषद विस्तार र प्रधानन्यायाधीशलाई एक आस्पसमा जोड्नु दूषित मनसाय भएको बताएको छ ।