आफ्नी स्व.आमाको सम्झनामा गायक बिरही कार्कीको मातातिर्थ औँसी देवघाटका बृद्ध आमाहरुसंग - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

आफ्नी स्व.आमाको सम्झनामा गायक बिरही कार्कीको मातातिर्थ औँसी देवघाटका बृद्ध आमाहरुसंग



हिमाल पोष्ट\ बैसाख १४ तनहुँ

 

लोकगायक बिरही कार्कीले यस पटकको मातातीर्थ औँसी देवघाटमा रहेका बृद्धाहरु संग मनाएका छन् । कार्कीले देवघाटमा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रमलाई आर्थिक सहयोग गर्दै मातातिर्थ औंसि मनाएका हुन् ।

आश्रमको संरक्षण, सम्बद्र्धन र सम्मानका लागि दैनिक १ बाट १ करोड अभियानलाई कार्कीले फूलमाया कार्की फाउन्डेशनका तर्फबाट नगद दशहजार प्रदान गरेका हुन् । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको आश्रममा ३३ जना असाह्य वृद्धवृद्धा र बेसाहाराहरूले संरक्षण लिदै आएका छन् । कोषमा हालसम्म ९ लाख रकम संकलन भैसकेको छ । लोक तथा दोहोरी गायक कार्कीले आश्रममा रहेका वृद्धवृद्धाहरूलाई आफ्ना सांगीतिक प्रस्तुतीहरू सुनाएर केहीबेर नचाएका थिए ।

सो अवसरमा कार्कीले आश्रममा रहेका वृद्ध आमाहरूलाई मन्जु श्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मन्जु खाँडको सहयोगमा साडी पनि बितरण गरेका थिए ।  कार्कीले दिवंगत आमाको स्मृतिमा सञ्चालन गरेको फूलमाया कार्की फाउण्डेशनका तर्फबाट वेसहारा छोरीहरूको संरक्षणको क्षेत्रमा काम गर्दै आएको कुसुम साहारा घरका २ जना वालिकाहरू कक्षा १ देखि १२ सम्म निशुल्क पढाउने घोषणा गरेका छन् । फाउण्डेशनले यस बर्षबाट नै ७ जना बालवालिकाहरूलाई कक्षा १२ सम्म निःशुल्क पढाउने भएको छ ।