दिल्ली क्यापिटल्स सबैभन्दा माथि पुग्यो - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

दिल्ली क्यापिटल्स सबैभन्दा माथि पुग्यो



काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सलाई पारजित गरेको छ।

दुबईमा सोमबार राति सम्पन्न खेलमा चेन्नईलाई ३ विकेटले हराउँदै दिल्ली अंक तालिकामा सबैभन्दा माथि उक्लिएको छ।

चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो। दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ३९ रन बनाए भने शिम्रन हिटमायर २८ रनमा अविजित रहे।

पृथ्वी श र रिपल पटेलले समान १८÷१८ रन जोडे। चेन्नईका रविन्द्र जडेजा र शार्दुल ठाकुरले २÷२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो।

चेन्नईका अम्बाती रायडुले अविजित ५५ रन बनाए भने रोबिन उथप्पाले १९ तथा महेन्द्र सिंह धोनीले १८ रन बनाए। दिल्लीका अक्षर पटेलले २ विकेट लिए।

यस जितसँगै १३ खेलमा २० अंक जोडेको दिल्ली शीर्ष स्थानमा उक्लिएको छ। १८ अंकका साथ चेन्नई दोस्रो स्थानमा रहेको छ।