एमाले महाधिवेशन : अध्यक्ष ओलीले जवाफ दिँदै
काठमाडौं । नेकपा (एमाले)को जारी विधान महाधिवेशन आज सकाउने तयारी छ । तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।
यसअघि, राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिएको थियो । त्यसमा सहभागीलाई १० समूहमा विभाजन गरी छलफलसहित सुझाव दिइएको छ । दुई समूहको प्रस्तुति भने हुँदै छ ।
त्यसपछि अध्यक्ष ओलीले जवाफ दिने र प्रतिवेदनहरू पारित गर्ने कार्यसूची छ । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधिले सहभागी छन् ।